भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

वाइडबडी खरिद प्रकरणः अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रतिवेदन सार्वजनिक लेखा समितिमा

वाइडबडी खरिद प्रकरणः अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रतिवेदन सार्वजनिक लेखा समितिमा

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रियामा छानबिन निरन्तर रहेको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक लेखा समितिलाई पठाएको छ । बिक्रेता कम्पनीले जवाफ नदिएको र आरोपितको बयान, कागजात परीक्षण लगायतका प्रक्रिया पूरा भएको अख्तियारले लेखा समितिलाई पठाएको पत्राचारमा उल्लेख छ । बिक्रेता एयर बसले मूल्य कूटनीतिक प्रक्रियाबाट मात्र उपलब्ध गराउन सकिने जवाफ अख्तियारलाई दिएको छ । अख्तियारले पठाएको पत्रमा कूटनीतिक पहल जारी रहेको उल्लेख छ ।

समितिले असोज ८ गते वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसबारेको छानबिनको प्रगति विवरण मागेको थियो । समितिले मागे अनुसार अख्तियारले वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसबारेको छानबिन प्रगति विवरण समितिलाई पठाएको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
एयर बससँग वाइडबडी खरिदमा अनियमितता भएको भन्दै समितिले समेत छानबिन गरेको थियो । समितिले छानबिनको प्रारम्भिक जानकारीसहित विस्तृत अनुसन्धानका लागि अख्तियारलाई पठाएको थियो । समितिलाई प्राप्त पत्राचार अनुसार अख्तियारले अहिले विमान खरिदको मूल्य प्राप्त गर्न कूटनीतिक पहल जारी राखेको छ । हालसम्म सरोकारवाला र खरिद प्रक्रियामा संलग्न सबैको बयान अख्तियारले सकेको छ । यस्तै खरिद प्रक्रियाको कागजात परीक्षणको काम भइरहेको जवाफ अख्तियारले समितिलाई पठाएको छ ।

अख्तियारले सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियाबारे थप प्रमाणको प्रतीक्षा भइरहेको जवाफ समितिलाई पठाएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासमेत जोडिनुभएको उक्त प्रकरणमा उजुरीकर्तासँग थप प्रमाण माग भइरहेको जवाफ अख्तियारको छ ।
अख्तियारले उक्त प्रकरणमा उजुरकर्तासँग अडियोको पूर्ण रूपमा माग गरेको तर उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरेको जानकारी समितिलाई पठाएको छ । अख्तियारले पठाएको पत्रमा सरोकारवाला मन्त्री, मुद्रण विकास समितिका पदाधिकारी लगायतका बयान सम्पन्न गरेको जानकारी समितिलाई पठाएको छ ।

 


Thali Mobile Pvt.Ltd.