भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप

वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप

वाग्मती । वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो । प्रदेशमा रहेका १८ वर्ष माथिको जनसङ्ख्यामध्येमा १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

सरकारले खोप उपलब्धता पर्याप्त गराएसँगै कोभिसिल्ड वा भेरोसेल खोपमध्ये कुनै खोपका दुवै डोज र जोनसेन गरी पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या सो रहेको मन्त्रालयले जनाएको छ । यसैगरी १८ वर्ष भन्दामाथिका व्यक्तिले कुनै एउटा खोपको पहिलो मात्रा खोप लगाएका नागरिकको सङ्ख्या आठ लाख ४७ हजार २०२ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.