भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

विकास निर्माणमा अग्रसर कोशी–४ का जनप्रतिनिधि

विकास निर्माणमा अग्रसर कोशी–४ का जनप्रतिनिधि

इनरुवा, । कोशी गाउँपालिका–४ मा विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर कार्य भइरहेको छ । आफू निर्वाचित भएर आएदेखि नै विकास निर्माणका योजना प्राथमिकताका साथ पूरा गर्दै आएको वडाध्यक्ष अमिन मियाँले बताए। यहाँका सडक, कलभर्ट, मठमन्दिर, विद्यालय भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको उहाँको भनाइ थियो ।

सुशासनलाई प्राथमिकता दिइएको, योजना तर्जुमा, बजेट बाँडफाँड र नीति तथा कार्यक्रम कार्यान्वयनमा पनि समान सहभागिता गराइएको वडा कार्यालयले जनाएको छ । वडाभित्रका १३ टोलका नागरिकलाई योजना निर्माणदेखि सम्पन्न नभएसम्म प्रत्यक्ष सहभागी गराउँदै आएको स्थानीयवासी विद्यानन्द यादवले बताए। उक्त गाउँपालिका साबिकका चार गाविसलाई मिलाएर आठ वडामा विभाजन गरिएकामा वडा नं ४ भने अरू वडाको तुलनामा नागरिक मैत्री र सुशासन मैत्री भएको उहाँको भनाइ थियो ।

विकास निर्माणको काममा नागरिकसमेत सन्तुष्ट रहेको वडाध्यक्ष मियाँले बताउनुभयो । वडामा सेवा लिन आएका सबै नागरिकलाई समान व्यवहार गरी सेवा प्रवाह गरिएका कारण नागरिकमा कुनै पनि असन्तुष्टि नरहेको वडा सचिव देवनारायण लहुटियाले जानकारी दिए । उहाँका अनुसार नागरिक सहभागिताका साथै नागरिक वडापत्र र नीति तथा कार्यक्रम कार्यान्वयन हुँदै जाँदा स्थानीय सरकारप्रति जनताको विश्वास बढेको देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.