भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भूकम्प प्रतिरोधात्मक भवन हस्तान्तरण

भूकम्प प्रतिरोधात्मक भवन हस्तान्तरण

वाग्मती, । हेटौँडाको औद्योगिक क्षेत्रमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । रु १३ करोड २६ लाख ६० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । पाँच तले भवन आज एक समारोहबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडालाई हस्तान्तरण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण भएपनि नयाँ भवन निर्माण गरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको मकवानपुर जिल्ला आयोजना कार्यान्वयन इकाइले सो भवन निर्माण गरी आज हस्तान्तरण गरेको कार्यालयका प्रमुख इन्जिनियर तुलसीराम खर्वुजाले जानकारी दिए । भवन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाललाई हस्तान्तरण गरिएको हो । निमार्णको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सन कम्पनीले तोकिएको समयभन्दा अगावै सो भवन निर्माण गरेको खर्वुजाले बताए । सो भवनमा ५२ कोठा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.