भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भूकम्प प्रतिरोधात्मक भवन हस्तान्तरण

भूकम्प प्रतिरोधात्मक भवन हस्तान्तरण

वाग्मती, । हेटौँडाको औद्योगिक क्षेत्रमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । रु १३ करोड २६ लाख ६० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । पाँच तले भवन आज एक समारोहबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडालाई हस्तान्तरण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण भएपनि नयाँ भवन निर्माण गरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको मकवानपुर जिल्ला आयोजना कार्यान्वयन इकाइले सो भवन निर्माण गरी आज हस्तान्तरण गरेको कार्यालयका प्रमुख इन्जिनियर तुलसीराम खर्वुजाले जानकारी दिए । भवन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाललाई हस्तान्तरण गरिएको हो । निमार्णको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सन कम्पनीले तोकिएको समयभन्दा अगावै सो भवन निर्माण गरेको खर्वुजाले बताए । सो भवनमा ५२ कोठा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.