भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

विज्ञसहितको टोली भेम्राथाङ पठाउने बाढीको कारण पत्ता लगाउन

विज्ञसहितको टोली भेम्राथाङ पठाउने बाढीको कारण पत्ता लगाउन

काठमाडौं । मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिएका छन् । पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइयो अनिल पाखेरलेलाई गृहमन्त्री खाँडले निर्देशन दिएका हुन । ‘बिहानै गृहमन्त्रीलाई बाढीले पुर्याएको क्षति बारे जानकारी गराएको थिए’, प्रदेश सभा सदस्य लामाले भन्नुभयो, ‘तत्काल भूगर्वविद्सहित विज्ञ टोली पठाएर अध्ययन गर्न निर्देशन दिनुभएको छ ।

असार १ गते आएको बाढी निरन्तरको वर्षाले भेम्राथाङको २५ प्रतिशत चउर बगेर आएको विज्ञले बताएका थिए । अहिले पनि त्यहाँ निरन्तर वर्षा भइरहेकाले बाँकी भाग बगाएर आएको हुनसक्ने अनुमान प्रदेश सभासद लामाको छ ।
हेलम्बु गाउँपालिकाको भ्रेमाथाङ आसपास शनिबार दिउँसोबाटै निरन्तर पानी परेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको हो ।

 


Thali Mobile Pvt.Ltd.