विदेशबाट आउनेलाई पाँच दिन क्वरेण्टीन अनिवार्य

विदेशबाट आउनेलाई पाँच दिन क्वरेण्टीन अनिवार्य

काठमाण्डौ । खोप केन्द्र र एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन सरकारले पालिकालाई निर्देशन दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेशमा माघ ७ गतेदेखि लागू हुने गरी खोप केन्द्र र परीक्षण बुथ राख्न निर्देशन दिइएको हो ।

विदेशबाट नेपाल आउनेहरूमा कोरोना नेगेटिभ देखिए पनि पाँच दिन अनिवार्य क्वरेण्टीन बस्नुपर्ने भएको छ । विदेशबाट नेपाल आउनेले कोरोना परीक्षण गर्दा नेगेटिभ आए पनि पाँच दिनसम्म क्वरेण्टीन बस्नुपर्ने आदेशमा उल्लेख छ।

पालिकाको स्वास्थ्य केन्द्रमा अनिवार्य रूपमा सातै दिन न्यूनतम १२ घण्टासम्म सञ्चालन हुने गरी कोभिड –१९ विरुद्धको खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्नुपर्ने, महानगरपालिका र उपमहानगरपालिका तथा नगरपालिकाले जनघनत्वको आधारमा थप खोप केन्द्रहरू राख्नुपर्ने आदेशमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.