भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

विद्यालय हिँडेका दुई किशोर बेपत्ता

विद्यालय हिँडेका दुई किशोर बेपत्ता

गलकोट, । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् । बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिए ।

आइतबार बिहान घरबाट विद्यालय हिँडेका किशोर विद्यालय नपुगी सम्पर्कविहीन भएको पाइएको छ । ती किशोरलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय अथवा अभिभावकसँग सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन् । परिवारले किशोरहरुलाई खोजीदिनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएपछि सबै प्रहरी एकाइलाई सो विवरण पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.