भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम

भालुवाङ । दाङको राजपुर गाउँपालिकामा “पढ्दै कमाउदै”कार्यक्रम लागू गरिने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै बालबालिकाले निःशुल्क पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइखर्च उठाउन सकुन भन्ने उद्देश्यले यो कार्यक्रमल्याइएको पालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताउनुभयो ।“पालिकाले शिक्षा क्षेत्रमा समृद्धिको एउटा नमुना अभ्यास कार्यक्रमअघि बढाएको र यसबाट पढाइबाहेक खाली समयमा बालबालिकालाई अर्थोपार्जनमा सहभागी गराइने उहाँले जानकारी गराउनुभयो । पालिकाले कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिसकेको र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई काम दिएर आर्थिक रुपमा पनि बलियो बनाउने लक्ष्य लिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

पालिकाले सुरुवात गरेको यो कार्यक्रमप्रति अभिभावकहरुले पनि चासो दिँदै पढाइँसँगसँगै आयस्रोतमा जोडिनु सकारात्मक पक्ष भएकोले यसलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए । यस कार्यक्रमले पढ्न चाहेने तर आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई मद्दत मिल्ने वडा नं ६ का कमल रोकाले बताउनुभयो ।

कैयौँ बालबालिका आर्थिक अवस्था कम्जोर भएकै कारण पढाइबाट वञ्चित हुने भएकाले उनीहरुलाई पनि यसै कार्यक्रममा जोड्न न्याय हुने उहाँको भनाइ थियो गाउँपालिकाकी उपाध्यक्ष धनापतिदेवी यादवले बालबालिकाको भविष्यसँग जोडिएको शिक्षाजस्तो अति महत्वपूर्ण विषयमा कुनै सम्झौता हुन नहुने बताउनुभयो । हुनेखानेका छोराछोरी सहर केन्द्रित भएर पढिरहेका छन्, दूरदराजका बस्तीका सर्वसाधारणले सामुदायिक विद्यालयमै पढ्ने भएकाले अब सहर र गाउँका सामुदायिक विद्यालयको अवस्था उस्तै उस्तै गराउने हाम्रो उद्देश्यलाई सफल पार्न अभिभावक, शिक्षक, विद्यार्थी र कर्मचारीले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कक्षा १० मा अध्ययनरत छात्रा गौसरी घर्तीले कापी कलम किन्ने, परीक्षा शुल्क तिर्ने, खाजा खाने पैसा जुटाउन हामीलाई सहज हुने र र अब अध्ययनकै लागि ऋण लिनुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो ।उक्त कार्यक्रम लागू गर्नुअघि गाउँपालिकाले यहाँका सामुदायिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, केही विद्यार्थीलाई अवलोकनका लागि अन्य जिल्लाका विद्यालयमा लगेको थियो।

 


Thali Mobile Pvt.Ltd.