भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह

विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह

कास्की । अविरल वर्षापछि पोखरा महानगरपालिकाका विभिन्न स्थानमा डुबान तथा पहिराले भौतिक क्षति भएपछि वर्षाका कारण आउन सक्ने विपद्को जोखिमबाट जोगिन र थप सजगता अपनाउन महानगरले नगरवासीलाई आग्रह गरेको छ । महानगर प्रमुख धनराज आचार्यले आज एक अपिल प्रकाशित गर्दै पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सावधानी अपनाउन नगरवासीलाई अनुरोध गर्नुभएको हो ।

पोखरा–२५ हेम्जामा घर डुबानमा परेको तथा केही घरमा क्षति पुगेको, पोखरा–४ मा सडक भासिनुका साथै एक घरमा क्षति पुगेको, पोखरा–१६ अर्मला, वडा नम्बर २३ चापाकोट र वडा नम्बर–१९ पुरुनचौरलगायत विभिन्न स्थानमा जमिन भासिनुका साथै ग्रामीण तथा सहरी सडकसमेत अवरुद्ध हुन पुगेको महानगरले जनाएको छ । महानगर प्रमुख आचार्यले प्रभावित स्थानमा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी र रेडक्रससहित सरोकारवाला संस्थासँग सहकार्य गर्दै राहत उद्धार र आवश्यक सहजीकरण कार्य भइरहेको जानकारी दिनुभयो ।

अपिलमा भनिएको छ, “बाढी, पहिरो र डुबानलगायत कारण उत्पन्न विपद्को यो क्षणमा बर्सातका समयमा जमिन भासिने, बाढी, पहिरो र जलाशयहरुको बढी जोखिम हुने हुँदा थप सजगता अपनाउन, पूर्वसूचना/सङ्केतका आधारमा जोगिने उपाय खोज्न र विपत्तिमा सम्बन्धित निकायमा यथासक्य छिटो जानकारी गराउनुहुन सबै नगरवासी समक्ष हार्दिक अपिल गर्दछु ।”

केही दिनयताको वर्षाका कारण शनिबार पोखरा–२५ हेम्जामा ३०० घर डुबानमा परेको थियो । सोही ठाउँको पहिराले दुई घर पूर्ण क्षति भएको छ भने एक दर्जन घर जोखिममा छन् । त्यसैगरी आज बिहान पोखराको गैह्रापाटनमा पक्की सडक भासिएको थियो भने एक घरमा क्षति पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.