काठमाण्डौ । अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झन्डै ५५ करोड मानिस बिरामी हुने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को तथ्याङ्कअनुसार अस्वस्थकर खानाकै कारण बर्सेनि २ लाख ३० हजारको ज्यान जाने गरेको तथ्याकं रहेको छ ।
खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइँ रहदा स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस मनाइ रहेको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका विभाग र मातहतका कार्यालयबाट होटल, रेस्टुरेन्ट अनुुगमन निरीक्षण गरी स्तरीकरण लोगो वितरण गरिने विभागले जनाएको छ ।
अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा धेरै रोग लाग्ने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ। यो दिवस आउँदो २४ गतेसम्म मनाइनेछ ।
