विभिन्न सांस्कृतिक सम्पदाहरु आन्तरिक पर्यटक प्रवद्र्धनका लागि उपयोग गर्न सकिने : सांसद सुवाल

विभिन्न सांस्कृतिक सम्पदाहरु आन्तरिक पर्यटक प्रवद्र्धनका लागि उपयोग गर्न सकिने : सांसद सुवाल

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले नेपालका विभिन्न ठाउँ– ठाउँमा भएका पोखरी, मन्दिर, पाटी—पौवाहरूलाई आन्तरिक पर्यटक प्रवद्र्धनको लागि उपयोग गर्न सकिने बताउनुभएको छ ।  ४१ औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै सांसद सुवालले नेपालका सांस्कृतिक सम्पदाहरुमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभएको हो ।Pictorial Sampada Book-min

सुवालले बन्दाबन्दीका कारण यस वर्षको पर्यटन दिवसमा कुनै रौनक नदेखिएको उल्लेख गर्दै कोभिड १९ संक्रमणको खतरा बढेसँगै बाह्य पर्यटनमा परेको असरका कारण देशको अर्थतन्त्र खस्कँदै गएको हुँदा आन्तरिक पर्यटनलाई बढि जोड दिएर अगाडि बढ्नुपर्ने वेला आएको बताउनुभयो । सरकारले हप्तामा दुईदिन बिदा दिई कर्मचारीहरूलाई घुमघामको लागि पठाउन ल्याइएको प्रस्ताव नेपालको लागि उपयुक्त नहुने बताउनुहुँदै सांसद सुवालले जनताको क्रयशक्ति नबढेसम्म सरकारले कर्मचारीहरुलाई हप्तामा दुई दिन बिदा दिएर आन्तरिक पर्यटनको विकास सम्भव नहुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापलिते आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नपाको आयोजनामा हुन लागेको भक्तपुर महोत्सव कोभिड १९ का कारण अन्तिम चरणमा स्थगित गर्नुपरेको बताउनुभयो । कर्मचारी र जनप्रतिनिधिले जस्तोसुकै प्रतिकूलतालाई अनुकूलतामा ढालेर निरन्तर जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुहुँदै उहाँले महामारीबीच पनि पर्यटन विकासको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरको संक्षिप्त परिचयसहित नपाले गरेको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न सम्पदाको विवरणसहित २३० पृष्ठको फोटो पुस्तक प्रकाशनमा ल्याएको बताउनुहुँदै उहाँले बन्दाबन्दीको समयमा पनि नपाले सम्पदा जीर्णोद्धारलाई प्राथमिकतामा राखी अगाडि बढाइरहेको बताउनुभयो । भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पर्यटन व्यवसायबाट उठ्ने शुल्कबाट भक्तपुर नपाले यहाँको शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतका क्षेत्र उकास्न लगानी गर्दै आइरहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनको लागि भौतिक एवम् सांस्कृतिक सम्पदाहरूलाई जीवित बनाइराख्नुपर्ने बताउनुभयो ।sunil prajapati

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्वले कोभिड १९ का कारण विश्वकै पर्यटनको विकास र गतिविधिमा नकारात्मक अवरोध परिरहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई दिगो रुपमा अगाडि बढाउन आगामी दिनहरूमा वैकल्पिक उपायहरू अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले कोभिड संक्रमणको जोखिमका कारण सबैले अनलाइन कार्यक्रममार्फत विश्व पर्यटन दिवस मनाइरहेको उल्लेख गर्नुहुँदै भक्तपुरको ऐतिहासिक सम्पदा समेटिएको पुस्तक प्रकाशन सराहनीय कार्य भएको बताउनुभयो ।

पर्यटक सेवा केन्द्र तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले “कोभिड १९ र पर्यटनमा असर” विषयक आफ्नो प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थियो ।
सार्वजनिक गरिएको फोटो पुस्तकमा भक्तपुर नपाले हालसम्म १०३ वटा सम्पदा सम्पन्न गरेको, त्यसको लागि रु. २४ करोड २३ लाख ९ हजार खर्च भएको तथा ३४ वटा निर्माणाधीन सम्पदाको लागि ७ करोड ५४ लाख ९९ हजार खर्च भएको विवरण उल्लेख छ । सम्भव भए जति सम्पदाहरुको पुरानो फोटो, निर्माणाधीन र सम्पन्न भएपछिको फोटो पनि पुस्तकमा राखिएको छ । प्रत्येक सम्पदाको संक्षिप्त विवरणसहित खर्च विवरण पनि पुस्तकमा उल्लेख गरिएको छ । पुस्तक सम्पदा र संस्कृति अध्ययन गर्नेहरुको लागि उपयोगी हुने विश्वास लिइएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.