भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

विरोधमा प्रदर्शनमा संलग्न भएको आरोपमा दुुई इरानी किरोरलाई फाँसीको सजाय

विरोधमा प्रदर्शनमा संलग्न भएको आरोपमा दुुई इरानी किरोरलाई फाँसीको सजाय

तेहरान । देशको विरोधमा प्रदर्शनमा संलग्न भएको आरोपमा दुुई इरानी किरोरलाई फाँसीको सजाय सुनाइएको छ । इस्लामिक गणतन्त्रका विरोधमा महिनौंदेखि संलग्न भएको आरोपमा फाँसीको सजाय सुनाइएपछि मृत्युदण्डको सजाय दिइएको बताइएको हो ।

एक अधिकार समूहले महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका दुई जना पुरुषलाई पहिले नै मृत्युदण्ड दिइएको जनाइएको छ । तर इरानले विरोध प्रदर्शनलाई शान्त पार्नको लागि धम्की दिने रणनीतिको रूपमा मृत्युदण्डको सजाय प्रयोग गर्ने भएकाले दर्जनौं बढीलाई फाँसी दिइने अभियानकर्तालाई डर छ।

ओस्लोस्थित इरान मानवअधिकार ९आईएचआर० समूहले माजानदारन प्रान्तको पश्चिमी शहर नौशहरमा ट्राफिक प्रहरी कार्यलयमामा आगजनी गरेको आरोपमा १८ वर्षीय प्रदर्शनकारी मेहदी मोहम्मदफर्डलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

त्यस्तै, न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटका अनुसार अर्का प्रदर्शनकारी मोहम्मद बोरोघानीलाई “ईश्वर विरुद्ध दुश्मनी“ को आरोपमा सर्वोच्च अदालतले डिसेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो।

 


Thali Mobile Pvt.Ltd.