भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

विरोधमा प्रदर्शनमा संलग्न भएको आरोपमा दुुई इरानी किरोरलाई फाँसीको सजाय

विरोधमा प्रदर्शनमा संलग्न भएको आरोपमा दुुई इरानी किरोरलाई फाँसीको सजाय

तेहरान । देशको विरोधमा प्रदर्शनमा संलग्न भएको आरोपमा दुुई इरानी किरोरलाई फाँसीको सजाय सुनाइएको छ । इस्लामिक गणतन्त्रका विरोधमा महिनौंदेखि संलग्न भएको आरोपमा फाँसीको सजाय सुनाइएपछि मृत्युदण्डको सजाय दिइएको बताइएको हो ।

एक अधिकार समूहले महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका दुई जना पुरुषलाई पहिले नै मृत्युदण्ड दिइएको जनाइएको छ । तर इरानले विरोध प्रदर्शनलाई शान्त पार्नको लागि धम्की दिने रणनीतिको रूपमा मृत्युदण्डको सजाय प्रयोग गर्ने भएकाले दर्जनौं बढीलाई फाँसी दिइने अभियानकर्तालाई डर छ।

ओस्लोस्थित इरान मानवअधिकार ९आईएचआर० समूहले माजानदारन प्रान्तको पश्चिमी शहर नौशहरमा ट्राफिक प्रहरी कार्यलयमामा आगजनी गरेको आरोपमा १८ वर्षीय प्रदर्शनकारी मेहदी मोहम्मदफर्डलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

त्यस्तै, न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटका अनुसार अर्का प्रदर्शनकारी मोहम्मद बोरोघानीलाई “ईश्वर विरुद्ध दुश्मनी“ को आरोपमा सर्वोच्च अदालतले डिसेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो।

 


Thali Mobile Pvt.Ltd.