विस्तारै घट्दै छ कोरोना संक्रमण

विस्तारै घट्दै छ कोरोना संक्रमण

काठमाण्डौ । नेपालमा आइतबार एक हजार तीन सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ५१ जनाको नमुना पीसीआर र एन्टिजेन परीक्षण गर्दा एक हजार तीन सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

आइतबार आठ हजार सात सय चार जना निको भएका छन् भने कोरोनाकै कारण ११ जनाको ज्यान गएको छ । ७९ हजार नौ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.