सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
सर्वदलीय बैठक बस्न नसके पछि अहिले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको हो ।
वीरेन्द्रनगरका १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन् । वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल रहेका छन् ।
नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा शुक्रबारको निर्वाचनमा ४८ हजार ३०४ (७२.०४ प्रतिशत)ले मतदान गरेका छन्। वीरेन्द्रनगरको सिटी हलमा मतगणनाको तयारी भइरहेको छ ।
