भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

वेब सिरिजमा नीता

वेब सिरिजमा नीता

काठमाडौं । कलाकार नीता ढुंगानाले पौराणिक ग्रन्थ श्रीमद्भगवत गीतामा आधारित वेब सिरिज निर्माण गर्ने भएकी छिन् । उनले अर्जुन र श्रीकृष्णको संवाद वरिपरि रहेर निर्माण गरिएको कथामा सिरिज निर्माण गर्ने जनाइएको छ । सिरिजमा ४ जना पात्र हुनेछन् ।

जसलाई पौराणिक भेषमा प्रस्तुत गरिनेछ । तर, आधुनिक शैलीमा निर्माण गरिनेछ ।नीताका अनुसार सिरिजको हरेक भाग झण्डै २५ मिनेट लामो हुनेछ । सिरिज पनि फिल्मकै शैलीमा निर्माण हुने नीताले बताइन् । यसअघि नीताले गणेश भजन सार्वजनिक गरेकी थिइन् ।

जसमा उनकै स्वर र अभिनय थियो । नीताले ‘माया’ नामक फिल्म बनाउने चर्चा पनि थियो । तर, कोरोना भाइरसका कारण सिर्जित अवस्थाले गर्दा तत्काल फिल्म निर्माण गर्न सकिने अवस्था छैन । नीताले निर्माण गर्ने यो सिरिजका लागि कलाकार र निर्देशकको छनोट भइरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.