भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

वेस्ट बैंकको झडपमा ३७ प्यालेस्टाइनी घाइते

वेस्ट बैंकको झडपमा ३७ प्यालेस्टाइनी घाइते

रामल्लाह, । वेस्ट बैंकको नाब्लस शहरमा इजरायली सेनासँगको झडपमा शुक्रबार कम्तीमा ३७ प्यालेस्टाइनी घाइते भएको प्यालेस्टिनी चिकित्सक र प्रत्यक्षदर्शीले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले विज्ञप्ति जारी गर्दै घाइतेमध्ये तीन जनालाई घातक गोली र नौ जनालाई रबरको गोली प्रहार गरिएको बताएको छ । प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले बताएअनुसार नाब्लस शहरको दक्षिण र पूर्व, बेइटा र बेइट दाजान गाउँहरूमा र काफ्र कद्दुम गाउँमा विरोधी प्रदर्शनकारीहरू र इजरायली सैनिकहरू बीच भीषण झडप भएको थियो।

प्रदर्शनकारीहरूले टायर जलाएर विरोध प्रदर्शन गर्दै गाउँको वरिपरि तैनाथ इजरायली सैनिकहरूलाई ढुङ्गा प्रहार गरेका थिए। काफ्र कद्दुम गाउँका प्रतिरोध कार्यका लोकप्रिय संयोजक मुराद एश्तेवीले सिन्ह्वालाई दिएको जानकारी अनुसार इजरायली सैनिकहरूले आफ्नो गाउँ विरुद्धको कदमलाई अस्वीकार गर्दै प्यालेस्टिनी प्रदर्शनकारीहरूलाई आक्रमण गर्न रबरको गोली, अश्रुग्यास र साउन्ड बम प्रयोग गरेका थिए।

इजरायली अधिकारीहरूले भने हालसम्म उक्त घटनाबारे कुनै टिप्पणी गरेका छैनन्। जुन १९६७ मा मध्य पूर्व युद्धमा, इजरायलले प्यालेस्टिनीहरूले दाबी गर्ने वेस्ट बैंक, गाजा पट्टी र पूर्वी जेरुसेलमलाई कब्जा गरेको थियो र त्यस बेलादेखि ती क्षेत्रहरू नियन्त्रणमा लिएको छ। इजरायली सेनाले प्यालेस्टिनी लडाकु र प्रदर्शनकारीहरू विरुद्धको सैन्य कारबाहीलाई तीव्र बनाएपछि वेस्ट बैंकमा विगत केही दिनदेखि तनाव बढेको छ।

 


Thali Mobile Pvt.Ltd.