भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

शक्तिपीठ र मन्दिर परिसर सुनसान

शक्तिपीठ र मन्दिर परिसर सुनसान

रासस । दशैँभरि बढी भीडभाड हुने काभ्रेपलाञ्चोकका शक्तिपीठ तथा मन्दिर अहिले सुनसान बनेका छन् ।कोरोना भाइरसको सङ्क्रमण जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यहाँका शक्तिपीठ तथा मन्दिरमा दर्शन तथा पूजा गर्न जाने दर्शनार्थीलाई प्रवेशमा निषेध गरेपछि सुनसान बनेका हुन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सार्वजनिक सूचना जारी गरी नेपालीहरुको महान् चाड बडादशैँमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिने दुर्गा भवानीको पण्डलामा समेत सर्वसाधारणको भीड अत्यधिक हुन गई कोरोना सङ्क्रमणको सम्भावित जोखिम हुने भएकाले त्यहाँ दर्शनका लागि सर्वसाधारणको प्रवेशमा निषेध गरिएको छ । सो क्रममा शक्तिपीठ तथा मन्दिरमा नित्यपूजा मात्रै गर्न पाउने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सो अवधिमा सूचनाको बर्खिलाप गर्ने जोकोहीलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।

विगतका वर्षहरुमा काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी र नाला भगवतीलगायतका मन्दिरमा दशैँमा दर्शनार्थीहरुको भीड लाग्ने गरेका थिए । तर यसपटकको दशैँमा कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले दर्शन गर्न रोक लगाएको हो ।

 


Thali Mobile Pvt.Ltd.