भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

शरणार्थी शिविरलाई लक्षित गर्दै इजरायली सेनाकाे आक्रमण, ९ प्यालेस्टाइनीको मृत्यु

शरणार्थी शिविरलाई लक्षित गर्दै इजरायली सेनाकाे आक्रमण, ९ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । इजरायली आक्रमणबाट ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायलले वेस्टब्यांक क्षेत्रमा गरेको आक्रमणमा ९ जना प्यालेस्टाइनीको मृत्यु भएको हो । झण्डै १४ हजार प्यालेस्टाइनी सर्वसाधारणले आश्रय लिइरहेको जेनिन शिविरमा आतंकवादीहरु बसेको भन्दै इजरायले निर्णायक कारबाही थालेपछि ९ जनाको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

शिविरमा हवाई आक्रमण भएपछि तीन हजार भन्दा बढी प्यालेस्टाइनी शिविर छोडेर भागेका छन्। शिविर छोडेर जाने सबैजसो सर्वसाधारण रहेको जनाएको छ । प्यालेस्टाइनले इजरायली सेनाले शिविरमा हत्याकाण्ड चलाएको दाबी गरेको छ। इजरायली सेनाको आक्रमणपछि सोमबार दिनभर र रातभरजसो जेनिन क्षेत्रभर गोली हानाहानका घटना भएका छन्।

वेस्ट ब्यांकको जेनिनमा रहेको शरणार्थी शिविरलाई लक्षित गर्दै इजरायली सेनाले हवाई तथा स्थल कारबाही जारी राखेको छ। आक्रमणमा एक सयभन्दा बढी घाइते भएको र कयौँको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.