शान्ति मिसनमा जानै लागेका सेनामा कोरोना देखिएपछि अचानक उडान स्थगित

शान्ति मिसनमा जानै लागेका सेनामा कोरोना देखिएपछि अचानक उडान स्थगित

काठमाडौं । शान्ति मिसनका लागि लिविया जान लागेका नेपाली सेनाको केही सैनिक जवानमा कोरोना संक्रमण देखिएपछि अचानक उडान स्थगित भएको छ ।

युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (युएन्समिल)मा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न जान लागेको अर्को टोलीका सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको हो ।आइतबार साँझ त्यसतर्फ जान लागेको नेपाली सैनिक टोली रोकिएको हो ।

काभ्रेपाल्चोकको वीरेन्द्र तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको परिक्षणमा केहीमा संक्रमण पुष्टि भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पोजेटिभ देखिएका व्यक्तिहरूको पुनःस्वास्थ्य परिक्षण पश्चातः मात्र फ्लाइटको मिति तय गरिने निर्देशनालयले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.