भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शिक्षा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना

शिक्षा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना

काठमाडौँ । शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले रू दुई लाख २२ हजार २२२ प्रदान गर्नुभएको छ । ‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ सिआइपी सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँ निवासी उहाँले समाजका अध्यक्ष प्रकाश सिलवाललाई आज सो रकम हस्तान्तरण गर्नुभएको हो । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका जिल्लाअध्यक्ष कँडेल ककनीस्थित हाम्रो ग्यास उद्योगका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

समाजले उक्त कोषमा थप रकम जुटाएर वार्षिकरुपमा पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका कार्यक्रम गर्ने महासचिव शेषकान्त पण्डितले जानकारी दिए । कँडेलले दुई वर्षअघि नेपाल सरकारको कोभिड–१९ रोकथाम तथा उपचार कोषमा सोही बराबरको रकम प्रदान गर्नाका साथै गत वर्ष आफ्नै वडास्थित कालिका आधारभूूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि दिवङ्गत पिता नेत्रप्रसादको स्मृतिमा रू एक लाख ५५ हजार ५५५ को अक्षयकोष स्थापना गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.