भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

श्रमजीवी पत्रकारका लागि विशेष राहत प्याकेज कार्यान्वयन गर्न आग्रह

श्रमजीवी पत्रकारका लागि विशेष राहत प्याकेज कार्यान्वयन गर्न आग्रह

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले कोरोना सङ्क्रमणबाट प्रभावित श्रमजीवी पत्रकारका लागि विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरेको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले कोरोना कहरबीच कतिपय सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारलाई पारिश्रमिक तथा सेवासुविधा उपलब्ध नगराएको, अपायकपर्ने स्थानमा सरुवा गरेको र कतिपयलाई सेवाबाट हटाएको कार्यप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

पत्रकारले आर्थिक समस्याका साथै मानसिक यातनाको सामना गर्नुपर्ने भएकाले यस्ता कार्य तत्काल रोक्न सम्बद्ध पक्षलाई बैठकले आग्रह गरेको समितिका अध्यक्ष अर्याललले बताए। बैठकले त्यस्ता कार्य तत्काल रोकी सहज ढङ्गले काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सञ्चार प्रतिष्ठानलाई ध्यानाकर्षण गराउने र यस्ता कार्य नरोके राज्यले प्रदान गर्ने सेवा सुविधा रोक्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी कोरोना सङ्क्रमित श्रमजीवी पत्रकारलाई तत्काल राहात प्याकेज उपलब्ध गराउन सरकारसमक्ष माग गर्दै चालू आर्थिक वर्षमा कोरोना सङ्क्रमित श्रमजीवी पत्रकारलाई उपचार खर्च उपलब्ध गराउने, कोरोना सङ्क्रमणका कारण विस्थापित र रोजागारी गुमाएका श्रमजीवी, पत्रकारलाई राहतस्वरुप लेखनवृति उपलब्ध गराउने तथा कल्याणकारी कोष कार्यान्वयन तत्काल गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ । बैठकले श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन र सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले श्रमजीवी पत्रकार सम्बन्धी ऐन बनेको २५ वर्ष हुँदा पनि ऐनको पूर्णरुपमा कार्यान्वयन नभएकाले सरकार, सञ्चार प्रतिष्ठान र सरोकारवाला निकाय सबैलाई अपिल गरेको छ । ऐनको कार्यान्वयनको अवस्था निकै कमजोर रहेको निष्कर्ष निकालेको बैठकले अहिले पनि देशभर नियुक्तिपत्र बिना श्रमजीवी पत्रकारलाई काम गर्न परिरहेकाले सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, न्यून पारिश्रमिकमा काम गर्न परिरहेको र समयमा पारिश्रमिक नपाइरहेको जस्ता गुनासा तथा उजूरी समितिमा आइरहनु चिन्ताको विषय भएको ठहर गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.