रसुवा । श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेमा बस्दै आएका ६५ वर्षीय सुकलाल विकको कुटाइबाट ६० वर्षीया सीता विकको सोमबार मृत्यु भएको हो ।
घरायसी विवादका क्रममा सुकलालले श्रीमतीलाई लठ्ठीले हानेका थिए ।
पोस्टमार्टमका लागि उनको शव जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
