भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला | भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम |

श्रीलङ्काका राष्ट्रपति राजापाक्षे भागेर माल्दिभ्समा

श्रीलङ्काका राष्ट्रपति राजापाक्षे भागेर माल्दिभ्समा

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको छ । राष्ट्रपति राजापाक्षेले औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेको उच्च सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

राष्ट्रपति गोटाबायाले आजदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिएका थिए भने श्रीलंकाको संसदले राष्ट्रपतिको राजीनामा आज सार्वजनिक रूपमा घोषणा गर्ने तयारी छ ।

यता प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिने बताइएको छ । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म प्रधानमन्त्री विक्रमासिङ्घे नै शासन सञ्चालन गर्ने बताइएको छ।

यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म बाहिर ननिस्कने अडान राखेका छन् ।

सभामुखले आउँदो साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई गराउनुभएको छ । त्यहाँ राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ । श्रीलङ्काले केही महिनायता आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.