भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाऔँ’

‘संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाऔँ’

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गणतान्त्रिक संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाउन स्वरोजगारको व्यावहारिक सुनिश्चितता गर्न सकिए मात्र संविधानको सही कार्यान्वयन हुनसक्ने बताउनुभएको छ ।गणतन्त्र दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले लाखौँ बेरोजगार, एकछाक खान मुस्किल भएका अति विपन्न श्रमिक वर्गलाई स्वरोजगारको व्यावहारिक सुनिश्चित गर्न सकिए मात्र संविधानको सही कार्यान्वयन हुने उल्लेख गर्नुभयो ।

शुभकामना सन्देशमा भनिएको छ “ राष्ट्रिय एकताको बलमा राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय औद्योगिक विकास अनिवार्य सर्त छ र विकल्प रहितप्रणको आवश्यकता छ आजको दिनले हामीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्मलाई आत्मसात् गर्दै समावेशी र समानुपातिक तीन तहको शासन व्यवस्थाको माध्यमबाट भ्रष्ट्राचाररहित, बेरोजगाररहित समृद्ध उन्नत सुशासन र दीगो शान्तिको देश बनाउन सकौँ मेरो शुभकामना छ ।

 


Thali Mobile Pvt.Ltd.