भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सगरमाथा ग्याँस कारखानामा बिष्फोट, एकको मृत्यु, ६ जना घाइते

सगरमाथा ग्याँस कारखानामा बिष्फोट, एकको मृत्यु, ६ जना घाइते

ललितपुर । पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा ग्याँस कारखानामा बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने अन्य घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मृतक र घाइते कारखानामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएको छ । पाटन र बीएण्डबी अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

कारखाना भित्र अहिले पनि छिर्ने अवस्था कम रहेको ललितपुर प्रहरीले बताएको छ ।

यसैवीच गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार र घटनाको तत्काल छानबिन निर्देशन दिएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । प्लान्टमा कार्यरत अन्य श्रमिकलाई भने प्रहरीले उद्धार गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.