भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न–गराउन नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै आज सो निर्णय गरेको हो । विद्यालयहरु सञ्चालन गर्नैपर्ने भएमा सरकारले जारी गरेको ‘स्मार्ट लकडाउन’को प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्लाको केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।

यही भदौ १७ देखि ३१ गतेसम्म लागू हुने निषेधाज्ञासम्बन्धी आदेश जारी गर्दै स्थानीय प्रशासनले यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य ‘प्रोटोकल’को पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मात्र मनाउन पाइने तथा अनावश्यक रुपमा मानिस जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, भोजमा निषेध गरेको छ । सर्वसाधारण, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र सञ्चालन गर्न पाइने छ

भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गर्न पाइने छैन । सार्वजनिक तथा निजी निर्माणका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ स्थानीय तथा प्रशासन ऐन, २०२८ अनुसार काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले उक्त आदेश जारी गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.