भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सङ्क्रमित स्वास्थ्यकर्मी नै उपचारमा सम्लग्न

सङ्क्रमित स्वास्थ्यकर्मी नै उपचारमा सम्लग्न

धादिङ । जिल्लामा कोरोना सङ्क्रमित भइ आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी बिरामीको उपचारमा सम्लग्न छन् । धादिङ अस्पतालद्वारा सञ्चालित अस्थाइ कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत सुन्दरी गिदेल मगर बिरामीका एक्स– रे गर्ने काम गरिरहनु भएको छ ।

उहाँले भन्नुभयो, “बिरामीको सेवा गर्न पाउँदा खुशी लागेको छ । कोरोनासँग जुध्न सामूहिक प्रयत्नको खाँचो रहेको छ । ” उहाँ यही वैशाख १८ गतेदेखि कोरोना पोजेटिभ भएर आइसोलेशनमा उपचार गराइरहनुभएको छ । जिल्ला अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोभिड १९ पोजेटिभ भएर आइसोलेशनमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.