सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडाैं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । बिहान साढे आठ बजे भनेपनि केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ ।

बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।

सत्ता गठबन्धनको बैठक बुधबार पनि बसेको थियो । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

 


Thali Mobile Pvt.Ltd.