भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

सन् २०३० सम्ममा स्वच्छ, किफायती ऊर्जाका लागि संयुक्त राष्ट्रसंघको कार्ययोजना घोषणा

सन् २०३० सम्ममा स्वच्छ, किफायती ऊर्जाका लागि संयुक्त राष्ट्रसंघको कार्ययोजना घोषणा

न्युयोर्क अमेरिको । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा सबैका लागि स्वच्छ, किफायती ऊर्जा प्राप्त गर्न बुधबार आफ्नो ऊर्जा योजनाको शुरुवात गरेको संयुक्त राष्ट्रसंघका प्रवक्ताले बताएका छन् ।यो योजनाले गत सेप्टेम्बरमा भएको ऊर्जा सम्बन्धी उच्चस्तरीय वार्तामा गरेको बृहत् वाचा पूरा गर्न विश्व निकायका ३० संस्था र अन्तरराष्ट्रिय संस्थाहरूद्वारा सामूहिक कार्यका लागि कदमहरू तय गरिएको संयुक्त राष्ट्रसंघका प्रमुख प्रवक्ता स्टेफेन डुजारिकले उल्लेख गरेका छन् ।

त्यो प्रतिबद्धतामा ५० करोड बढी मानिसको बिजुलीमा पहुँच र १ अर्ब बढी मानिसलाई सफा खाना पकाउने प्रबन्धको समाधान, २०२५ सम्ममा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतामा ३ करोड रोजगारी सिर्जना गर्ने भएको दुजारिकले भनेका छन्।सन् २०३० सम्ममा स्वच्छ, किफायती ऊर्जा जलवायु आपतकालीन र सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जनलाई सम्बोधन गर्न महत्त्वपूर्ण छ।प्रवक्ताले नयाँ ऊर्जा कम्प्याक्ट एक्शन नेटवर्क पनि घोषणा गरेका छन्। यसको लक्ष्य सरकारहरूसँग उनीहरूको स्वच्छ ऊर्जा लक्ष्यहरूको लागि समर्थन खोज्ने सरकारहरूलाई मिलाउनु हो ।

 


Thali Mobile Pvt.Ltd.