भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

‘समतामूलक समाज निमार्ण गर्न परिचालित हुनु पर्छ’

‘समतामूलक समाज निमार्ण गर्न परिचालित हुनु पर्छ’

दाङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज दाङको भेला सम्पन्न भएको छ । जातपात र छुवाछुत प्रथाको पूर्ण अन्त्य, समतामूलक समाजको निमार्ण गर्ने नाराका साथ सम्पन्न भएको हो ।

शंकर नेपालीको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य दाङ जिल्ला इन्चार्ज नरु लाल चौधरी, मान बहादुर बिस्वकर्मा, जिल्ला पार्टी सचिव मनोहर बुढाथोकी, प्रदेस सदस्य लिला बिक, समाजका केन्द्रीय सदस्य चुर्न नेपाली, निर्मला बिक, देब बिक, पदम नेपाली लगायतले आआफ्नो धारणा राखेका थिए ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न भूमिका खेल्ने समाजले बताएको छ । बैठकले विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकेर निर्वाचनमा परिचालन गर्ने जनाएको छ । जसमा क्षेत्र नं. १ इन्चार्जमा निर्मला बिकलाई संयोजक तोकिएको छ ।

सह–इन्चार्ज देब विक, गोपाल बिक, बेगम गहतराज, प्रकाश नेपाली, रामबहादुर सुनार, खड्क बिक, जया बिकलाई जिम्मेवारी दिएको छ ।

क्षेत्र नम्बर २ घोराहीमा चुर्न नेपालीको सयोजकत्वमा कुल बहादुर गोतामे, शान्ता शेर्पाली, राज कुमार बिक, शुरेस बिक, त्यसै गरी क्षेत्र नम्बर ३ मा पदम नेपालीको सयोजकत्वमा तेज बहादुर बिक, टेक बहादुर बिक, चक्र मिलन बिक, चन्दा सुनार, तेज बहादुर बिकलाई जिम्मेवारी दिएर परिचालन गरिएको निर्मला विकले जानकारी दिइन् ।

 


Thali Mobile Pvt.Ltd.