भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

समृद्ध नेपाल निर्माणका लागि जुट्न मन्त्री भुसालको आह्वान

समृद्ध नेपाल निर्माणका लागि जुट्न मन्त्री भुसालको आह्वान

काठमाण्डौ । समृद्ध नेपाल निर्माणका लागि जुट्न र सबै पक्षलाई लाग्न उर्जा मन्त्री पम्फा भुसालले आह्वान गरेकी छन् । नेपाल विद्युत् प्राधिकरणको ३७ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै उर्जा मन्त्री भुसालले उक्त कुरा बताएकी हुन ।

विद्युत प्रसारण एवं वितरण प्रणालीको विस्तार र गुणस्तर सुधारका लागि उच्च प्राथमिकता दिन मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेकी हुन । सरकारको नीति अनुसार खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले विस्थापित गर्ने, विद्युतीय गाडीहरु प्रवर्द्धन गर्ने, सिँचाइमा विद्युतको पहुँच बढाउने र औद्योगिकीकरण गरी रोजगारी सिर्जना गर्ने क्षेत्रमा प्राधिकरणले ध्यान दिनुपर्नेमा पनि उनको जोड छ ।

औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, लिफ्ट मार्फत खानेपानी र सिँचाइ, विद्युतीय सामग्रीको प्रयोग गरी उर्जाको खपत बढाउनुपर्नेमा जोड दिइन । उनले जलस्रोत र उर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी समृद्ध नेपाल निर्माणका लागि जुट्न पनि सबै पक्ष र क्षेत्रलाई आह्वान गरिन ।

 


Thali Mobile Pvt.Ltd.