दाङ । श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदका घटना दाङमा २४ प्रतिशत रहेका छन् । जिल्ला अदालत दाङमा सम्बन्धविच्छेदका मुद्दा २४ प्रतिशात हुने गरेको दाङ जिल्ला अदालतले जनाएको हो । वैदेशिक रोजगारी, गरिबी, अशिक्षा जस्ता कारणले बुवाआमाले सम्बन्ध विच्छेद गर्दा उनीहरुका छोराछोरीलाई नकारात्मक असर पर्ने गरेको जनाइएको छ ।
गएको आर्थिक वर्ष २०७८ र ०७९ मा दाङ जिल्ला अदालतमा परेका कुल ४ हजार ८ सय मुद्दा मध्ये १ हजार ३८ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । एक अर्का माथिको अविश्वास, व्यक्तिगत स्वतन्त्रता जस्ता कुराले सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको कानून व्यवसायीहरुको भनाई छ ।
सम्बन्ध विच्छेदसँगै गएको वर्ष जिल्ला अदालतमा सरकारवादी मुद्दामा सबै भन्दा बढी १ सय २९ वटा जबरजस्ती करणीका मुद्दा परेका छन् । देवानीतर्फका सबैभन्दा बढी अंश सम्बन्धी २ सय ५८ वटा मुद्दा परेको दाङ जिल्ला अदालतले जनाएको छ ।
