भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

सरकारी आश्वासन समितिले दियो सरकारलाई कडा निर्देशन

सरकारी आश्वासन समितिले दियो सरकारलाई कडा निर्देशन

काठमाडौं । सरकारी आश्वासन समितिले नियमावली बनाएर भूउपयोग ऐन अनुसार काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले ऐन अनुसार काम गर्न सरकारलई निर्देशन दिएको हो ।  बैठकमा कृषिभूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुन सम्मत् नभएको भन्दै नियमावली बनाएर भूउपयोग ऐन अनुसार काम अगाडि बढाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो ।Parteyojan sameeeti

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कृषि भूमि कित्ताकाट गर्न रोक्का गर्ने मन्त्रालयको निर्णय खारेज गर्नुभएको थियो । बैठकमा सांसदहरुले नियमावली नबनाई प्रशासनिक आदेशको भरमा निर्देशिका चलाउने काम प्रत्योजित  िवधायनको सिद्धान्तविपरीत भएको बताएका थिए । भू–उपयोग ऐन बनेको लामो समयसम्म पनि नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गर्नुले शंका उब्जेको सांसदहरुले बताएका थिए । कृषि भूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हाल विचाराधीन छ ।

छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नियमावली नबन्दासम्म यसअघिकै कानूनलाई टेकेर भूमि खण्डिकरण गर्ने निर्णय गरेको बताउनुभयो । उहाले भूमि खण्डिकरण गर्ने नाममा निकै बिकृती देखिएकाले नै हतारमा नै निर्णय गरिएको दावी गर्नुभयो । मन्त्रालयको निर्णय सुशासन कायम गर्ने नियत बाहेक अन्य केहि नभएको उहाको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.