सर्लाही । बरहथवा नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेकी नेतृ कल्पना कुमारी कटुवाल विजयी भएकी छन् ।
कटुवाल बरहथवाका निवर्तमान नगरप्रमुख देवानन्द महतोलाई दोब्बर बढी मतले पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएकी हुन् ।
१२ हजार २७३ मत प्राप्त गरेकी कटुवालले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महतोलाई पछि पारेकी हुन ।
महतोले ६ हजार ६६६ मत पाए । अर्का प्रत्यासी नेपाली कांग्रेसका विगुप्रसाद चौधरीले ६ हजार ५५ मत पाए ।
कटुवाल सर्लाहीमा पहिलो महिला नगरप्रमुख बनेकी छन् ।
