भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सर्वियाको राजधानी बेलग्रेडमा १३ जनाको हत्या

सर्वियाको राजधानी बेलग्रेडमा १३ जनाको हत्या

एजेन्सी । एक जना किशोरले स्कुलमा अन्धाधुन्द गोली प्रहार गरी सर्वियाको राजधानी बेलग्रेडमा १३ जनाको हत्या गरेका छन् । मारिनेहरुमा आठ जना विद्यार्थी र पाँच जना स्कुलका सुरक्षा गार्ड रहेका छन् । गोली प्रहारबाट ६ बालबालिका र एक जना शिक्षक घाइते भएका छन् । सुरूमा गार्डमाथि गोली हानेर उनी कक्षामा प्रवेश गरी सहपाठीहरुमाथि गोली प्रहार गरेका थिए । त्यसपछि अर्को कोठामा गएर गोली प्रहार गरेका थिए ।

उनलाई रोक्न आएका सुरक्षा गार्डहरुमाथि पनि गोली चलाएका थिए । कक्षामा मारिनेहरुमा सात जना छात्रा र एक छात्र रहेको बताइएको छ । बेलग्रडस्थित एक प्राथमिक विद्यालयमा पढ्ने १३ वर्षीय ती किशोरले बुधबार बिहान कक्षा सुरू हुनासाथ गोली बर्षाएका थिए । गोली प्रहार गरेपछि उनी आफैलें पुलिसलाई खबर गरेर आफूलाई गिरफ्तार गर्न भनेका थिए । गोली प्रहारबाट घाइते भएका ६ बालबालिका र एक जना शिक्षकलाई अस्पताल भर्ना गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.