काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट बिहीबार पक्राउ परेका हुन ।
रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । उनका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए ।
