भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

सल्लाघारीबाट दुई पक्राउ

सल्लाघारीबाट दुई पक्राउ

भक्तपुर । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सल्लाघारीबाट दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ना ३ ख ९८९ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान रहेको छ । उनीहरुको साथबाट ९ हजार ३०० थान डाइजेपाम इन्जेक्सन र तीन हजार ६०० थान नाइट्रोजेपाम बरामद गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.