भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सवारी साधनको आयु हटाउने सरकारी तयारी, ‘फलाम’का रुपमा अर्थ्याएको आरोप

सवारी साधनको आयु हटाउने सरकारी तयारी, ‘फलाम’का रुपमा अर्थ्याएको आरोप

काठमाडौं । २० वर्षपछि सार्वजनिक सवारी चलाउन नपाइने सरकारी व्यवस्था खारेज गर्न व्यवसायीले आग्रह गरेका छन् । गाडीलाई ‘फलाम’का रुपमा मात्र नअर्थ्याएर आयु तोक्न संघ र प्रदेश सरकारहरुमाथि व्यवसायीले दबाव दिएका थिए ।

दुर्घटना न्युनीकरण गर्ने तथा सवारी सुरक्षा बढाउने उद्देश्यले सरकारले २०७३ मा २० वर्ष पुगेका सवारी सञ्चालनमा रोक लगाएको थियो । २०७३ फागुनयता सडकमा उक्त गाडी चल्न दिएको छैन । निजी र सरकारी गाडीको भने आयु तोकिएको छैन ।

अब व्यवसायीको मागअनुसार सार्वजनिक सवारीको पनि आयु असीमित बनाउन सरकार उदार देखिएको छ । तर सरोकारवालाले भने उक्त २० पर्षे आयु यथावत राख्न माग गरेका छन् ।

आइतबार सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातसम्बद्ध अन्तरतह समन्वय बैठकमा २० वर्ष पुराना सवारी साधन चलाउन नपाइने २०७३ सालको निर्णय पुनरावलोकन गर्ने सहमति गरेका थिए ।

त्यसअनुसार कानुनी गृहकार्य पनि सुरु भएको यातायात मन्त्रालयका एक अधिकारीले बताए । पुराना सवारीलाई विशेष जाँचपास गराएर चल्न दिने व्यवस्था गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.