भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सशस्त्र प्रहरी बलका डिआइजी नारायणदत्त पौडेल एआईजीमा बढुवा

सशस्त्र प्रहरी बलका डिआइजी नारायणदत्त पौडेल एआईजीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलकाको अतिरिक्त महानिरीक्षक (एआईजी)मा नारायणदत्त पौडेल बढुवा भएका छन् । बढुवा समितिको सिफारिस अनुसार शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको हो ।

वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । एआईजीमा बढुवा भएसँगै पौडेल वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालपछि करिब २ वर्ष आईजीपी हुनुहुने छ । एआईजी बढुवाको प्रतिस्पर्धामा पौडेलसँगै सिपी गौतम, वंशीराज दाहाल र किशोर प्रधान थिए ।

यता नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा पनि अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागी सिफारिस गरेको थियो । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदैछन् । प्रहरीमा पाँच एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.