भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

विद्यालय पीडितका परिवारलाई ८ लाख क्षतिपूर्ति दिन सहमत

विद्यालय पीडितका परिवारलाई ८ लाख क्षतिपूर्ति दिन सहमत

काठमाडौं । स्कुलको होस्टलमा मृत भेटिएकी रमा रायमाझीको शव उठाउन परिवार सहमत भएका छन् । बुद्दनगरस्थित केएमसी स्कुलमा शानिवार साँझ उनी मृत फेला परेकी थिइन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान शुरु गरेका छन् ।

आइतबार दिनभर स्कुल अगाडि आफन्तले प्रदर्शन गरेका थिए । शनिवार अबेरसम्म रमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुण्डेको देखेको बताइएको छ । काभ्रे घर भएकी २१ वर्षीया रमाको शव उठाउन परिवारसँग सहमती भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विद्यालय पीडितका परिवारलाई ८ लाख क्षतिपूर्ति दिन सहमत देखिएपछि उनको शव उठाउन परिवा सहमत भएको हो । रमाको हत्या आशंका गरेर छानविन र क्षतिपूर्तिको माग गर्दै आफन्तले शव उठाउन रोकेका थिए । होस्टलको डबल टेकर खाटमा झुण्डिएको अवस्थामा रमाको शव भेटिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.