भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

विद्यालय पीडितका परिवारलाई ८ लाख क्षतिपूर्ति दिन सहमत

विद्यालय पीडितका परिवारलाई ८ लाख क्षतिपूर्ति दिन सहमत

काठमाडौं । स्कुलको होस्टलमा मृत भेटिएकी रमा रायमाझीको शव उठाउन परिवार सहमत भएका छन् । बुद्दनगरस्थित केएमसी स्कुलमा शानिवार साँझ उनी मृत फेला परेकी थिइन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान शुरु गरेका छन् ।

आइतबार दिनभर स्कुल अगाडि आफन्तले प्रदर्शन गरेका थिए । शनिवार अबेरसम्म रमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुण्डेको देखेको बताइएको छ । काभ्रे घर भएकी २१ वर्षीया रमाको शव उठाउन परिवारसँग सहमती भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विद्यालय पीडितका परिवारलाई ८ लाख क्षतिपूर्ति दिन सहमत देखिएपछि उनको शव उठाउन परिवा सहमत भएको हो । रमाको हत्या आशंका गरेर छानविन र क्षतिपूर्तिको माग गर्दै आफन्तले शव उठाउन रोकेका थिए । होस्टलको डबल टेकर खाटमा झुण्डिएको अवस्थामा रमाको शव भेटिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.