भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सागका विजेता खेलाडी सम्मानित

सागका विजेता खेलाडी सम्मानित

काठमाडौँ । नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद सागअन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित हुनुभएको छ । नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ पदकधारी तथा खेलाडी सम्मानित हुनुभएको हो । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो ।

सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र किरणसिंह बोगटीले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । सन्तोषीले १० हजार मिटर, गोपीचन्द्र्रीले पाँच हजार मिटर र किरणले म्याराथनमा स्वर्ण जित्नुभएको थियो । महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जित्नुभएको थियो । त्यस्तै सोमबहादुर कुमालले आठ सय मिटर, टङक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजार मिटर र दीपक अधिकारीले १० हजार मिटरमा कास्य पदक जित्नुभएको थियो ।

कार्यक्रममा स्वर्ण विजेता खेलाडीले जनही रु एक–एक लाख प्राप्त गर्नुभयो । त्यस्तै रजत पदक विजेता खेलाडीले रु ३५ हजार पाउँदा कास्य पकद विजेताले रु २० हजार प्राप्त गर्नुभयो । पदक विजेता खेलाडीलाई एथलेटिक्स सङ्घका अध्यक्ष राजिवविक्रम शाहलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.