भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

साङ्गठनिक विषय हल गर्न नेकपामा कार्यदल प्रस्ताव

साङ्गठनिक विषय हल गर्न नेकपामा कार्यदल प्रस्ताव

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले साङ्गठनिकलगायत विषयलाई अन्तिम रुप दिन कार्यदलको प्रस्ताव गरेको छ । कार्यदल अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठन हुनेछ । सो कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्नेछ ।  कार्यदलमा रहने सदस्यलगायत अन्य विषयमा भने सोमबार बस्ने बैठकले आवश्यक निर्णय गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले साङ्गठनिक विषय, नेताहरुको कार्यविभाजन तथा सङ्घर्षका कार्यक्रम तय गर्नका लागि कार्यदल प्रस्ताव गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सम्पूर्ण तहको कार्यविभाजन तथा जिम्मेवारीलगायत विषयलाई अन्तिम रुप दिन कार्यदल प्रस्ताव गरिएको जानकारी दिनुभयो । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सञ्चालित पहिलो चरणको आन्दोलनको समीक्षा गरेको थियो । त्यसका अलावा शनिबार घोषित दोस्रो चरणको आन्दोलनको तयारी र त्यसलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दलसँग कार्यसूचीका आधारमा संयुक्त गतिविधि सञ्चालन गर्ने विषयमा समेत बैठकमा विचारविमर्श भएको थियो ।

नेकपा दाहाल–नेपाल समूहले आन्दोलनलगायत जनपरिचालनका लागि प्रवक्ता श्रेष्ठका संयोजकत्वमा एक समिति बनाएको छ । यस्तै बैठकमा विभिन्न क्षेत्रमा समन्वयका लागि नेताहरुलाई जिम्मा दिइएको छ । आजको बैठकमा समग्र राजनीतिक विषयमा छलफल भएको र सोमबार बस्ने बैठकले थप ठोस निर्णय गर्ने बताइएको छ । बैठक सोमबार मध्याह्न १२ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।  यसैबीच पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा हुम्लाका इञ्चार्ज विजय भण्डारी, अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामालगायत हुम्लाबाट पार्टीका विभिन्न कमिटीमा प्रतिनिधित्व गर्ने ३० नेता तथा कार्यकर्ताले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल नेतृत्वको नेकपामा नै रहेको जानकारी दिनुभयो ।

पार्टीको शीर्ष नेतृत्वसँगको छलफलपछि आयोजित पत्रकार भेटमा उहाँहरुले आफूहरु कर्णाली प्रदेश, हुम्ला जिल्लाको विकास र समृृद्धिका लागि पार्टीको एकता र प्रदेश सरकारको स्थायित्व नै प्रमुख मुद्दा भएको बताउनुभयो । उहाँहरुले पार्टीको मूलधार नै आफूहरु भएको जिकिर गर्दै यसैमा समाहित हुनसमेत आग्रह गर्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.