भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साङ्गठनिक विषय हल गर्न नेकपामा कार्यदल प्रस्ताव

साङ्गठनिक विषय हल गर्न नेकपामा कार्यदल प्रस्ताव

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले साङ्गठनिकलगायत विषयलाई अन्तिम रुप दिन कार्यदलको प्रस्ताव गरेको छ । कार्यदल अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठन हुनेछ । सो कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्नेछ ।  कार्यदलमा रहने सदस्यलगायत अन्य विषयमा भने सोमबार बस्ने बैठकले आवश्यक निर्णय गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले साङ्गठनिक विषय, नेताहरुको कार्यविभाजन तथा सङ्घर्षका कार्यक्रम तय गर्नका लागि कार्यदल प्रस्ताव गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सम्पूर्ण तहको कार्यविभाजन तथा जिम्मेवारीलगायत विषयलाई अन्तिम रुप दिन कार्यदल प्रस्ताव गरिएको जानकारी दिनुभयो । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सञ्चालित पहिलो चरणको आन्दोलनको समीक्षा गरेको थियो । त्यसका अलावा शनिबार घोषित दोस्रो चरणको आन्दोलनको तयारी र त्यसलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दलसँग कार्यसूचीका आधारमा संयुक्त गतिविधि सञ्चालन गर्ने विषयमा समेत बैठकमा विचारविमर्श भएको थियो ।

नेकपा दाहाल–नेपाल समूहले आन्दोलनलगायत जनपरिचालनका लागि प्रवक्ता श्रेष्ठका संयोजकत्वमा एक समिति बनाएको छ । यस्तै बैठकमा विभिन्न क्षेत्रमा समन्वयका लागि नेताहरुलाई जिम्मा दिइएको छ । आजको बैठकमा समग्र राजनीतिक विषयमा छलफल भएको र सोमबार बस्ने बैठकले थप ठोस निर्णय गर्ने बताइएको छ । बैठक सोमबार मध्याह्न १२ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।  यसैबीच पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा हुम्लाका इञ्चार्ज विजय भण्डारी, अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामालगायत हुम्लाबाट पार्टीका विभिन्न कमिटीमा प्रतिनिधित्व गर्ने ३० नेता तथा कार्यकर्ताले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल नेतृत्वको नेकपामा नै रहेको जानकारी दिनुभयो ।

पार्टीको शीर्ष नेतृत्वसँगको छलफलपछि आयोजित पत्रकार भेटमा उहाँहरुले आफूहरु कर्णाली प्रदेश, हुम्ला जिल्लाको विकास र समृृद्धिका लागि पार्टीको एकता र प्रदेश सरकारको स्थायित्व नै प्रमुख मुद्दा भएको बताउनुभयो । उहाँहरुले पार्टीको मूलधार नै आफूहरु भएको जिकिर गर्दै यसैमा समाहित हुनसमेत आग्रह गर्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.