भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

साङ्घातिक हमला गर्ने आठ जना सार्वजनिक

साङ्घातिक हमला गर्ने आठ जना सार्वजनिक

कन्चनपुर । भीमदत्त नगरपालिका–३ का वर्ष २८ का वडा सदस्य रमेश चौधरीमाथि साङ्घातिक हमला गरी घाइते बनाउने गिरोहका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । भाँसीबाट तिलकपुर हुँदै घरतर्फ जाने क्रममा पुस १० गते वडा सदस्य चौधरीमाथि पुरानो रिसइवीका कारण ज्यान लिने मनशायबाट आठ जनाले साङ्घातिक आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

यसैगरी पुनःवास नगरपालिका–१ ढक्का बस्ने वर्षीया ७१ का खण्टी भुलको हत्यामा संलग्न ४९ वर्षीय दलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका–५ घर भई हाल कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्का शिविर बस्ने विकलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

यही पुुुुस ११ गते खण्टीको घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । विकको घरभित्र खानतलासी गर्दा मृतकले लगाएको सुनको मुन्द्रा, तिलहरी र हत्या गर्न प्रयोग गरेको हतियार, चप्पल र कपडा फेला परेको प्रनाउ क्षेत्रीले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.