भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साङ्घातिक हमला गर्ने आठ जना सार्वजनिक

साङ्घातिक हमला गर्ने आठ जना सार्वजनिक

कन्चनपुर । भीमदत्त नगरपालिका–३ का वर्ष २८ का वडा सदस्य रमेश चौधरीमाथि साङ्घातिक हमला गरी घाइते बनाउने गिरोहका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । भाँसीबाट तिलकपुर हुँदै घरतर्फ जाने क्रममा पुस १० गते वडा सदस्य चौधरीमाथि पुरानो रिसइवीका कारण ज्यान लिने मनशायबाट आठ जनाले साङ्घातिक आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

यसैगरी पुनःवास नगरपालिका–१ ढक्का बस्ने वर्षीया ७१ का खण्टी भुलको हत्यामा संलग्न ४९ वर्षीय दलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका–५ घर भई हाल कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्का शिविर बस्ने विकलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

यही पुुुुस ११ गते खण्टीको घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । विकको घरभित्र खानतलासी गर्दा मृतकले लगाएको सुनको मुन्द्रा, तिलहरी र हत्या गर्न प्रयोग गरेको हतियार, चप्पल र कपडा फेला परेको प्रनाउ क्षेत्रीले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.