भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना मुक्त

मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना मुक्त

कर्णाली ।  कर्णाली प्रदेशका तीन जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना सङ्क्रमणमुक्त भएका हुन् । यी तीन जिल्लामा कोरोनाका सबै बिरामी निको भएसँगै बाँकी सात जिल्लामा पनि निको हुने सङ्क्रमितको दर बढ्दै गएको मन्त्रालयको जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।

शाखा प्रमुख कँडेलका अनुसार निको हुन नसकेका जिल्लामा सुर्खेतमा १०३, सल्यानमा ३१, जाजरकोटमा १४, हुम्लामा ११, डोल्पामा नौ, जुम्लामा छ र दैलेखमा पाँच गरी जम्मा १७९ जना व्यक्ति अस्पताल तथा होम आइसोलेशनमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणअनुसार यस प्रदेशमा १२ नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख कँडेलले बताउनुभयो । “यससँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ३६९ पुगेको छ”, उहाँले भन्नुभयो, “आज एक व्यक्ति निको भएसँगै कोरोनाबाट सङ्क्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्या सात हजार १९ पुगेको छ ।”

शाखा प्रमुख कँडेलले थप्नुभयो, “हालसम्म कर्णाली प्रदेशमा ९६ हजार १५८ व्यक्तिको आरटी पिसिआर परीक्षण गरिएकामा ७।६६ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमा ९५ प्रतिशत निको भइसकेका छन् ।” कोरोना सङ्क्रमणबाट आजका दिनसम्म कर्णालीमा २६ जनाले ज्यान गुमाएको मन्त्रालयको जनस्वास्थ्य शाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.