भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली आज काठमाडौं आउँदै

साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली आज काठमाडौं आउँदै

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली टोली आज काठमाडौं आउँदै छ ।नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान सवा नौ बजे काठमाडौंमा अवतरण गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० पराजित भएपछि साफ इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो । नेपाल उपविजेतामा सीमित बनेको हो ।

नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषय पछि निर्णय हुने बताएको छ । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.