भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

सार्वजनिक कार्यक्रममा सहभागी नहुन आग्रह

सार्वजनिक कार्यक्रममा सहभागी नहुन आग्रह

काठमाडौं । सरकारले सार्वजनिक समारोह र सार्वजनिकस्थलमा कार्यक्रम नगर्न तथा नगराउन तथा सहभागी नहुन आग्रह गरेको छ । सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिनुहुन तथा सार्वजनिकस्थलमा कुनै गतिविधि भए खबरदारीसहित कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक सूचनामार्फत व्यक्ति व्यक्तिबाट गर्न सक्ने भूमिकाबाट कसैलाई पनि विचलित हुन नदिन र खबरदारी गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न, मास्कको प्रयोग नगर्ने व्यक्तिका समाचार वा सूचनालाई निरत्साहित गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ ले हाल छिमेकी देशमा स्वास्थ्य सेवा प्रवाह प्रणाली तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र सङ्क्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न नसकिएको सन्दर्भ पेश गर्दै सबैलाई भौतिक दूरी कायम गर्न र हातको सरसफाइमा ध्यान दिन भनेको छ ।

पछिल्लो सङ्क्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्तै जोखिमपूर्ण रहेको र हालसम्म कोभिडको उपचार गर्न सक्ने कुनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न नसकेको अवस्थामा आफूले अरु सबैलाई सङ्क्रमणको आशङ्का राखेर मास्क लगाउने, भौतिक दूरी कायम राख्ने एवं हातको सफाइमा ध्यान दिन जरुरी रहेको उल्लेख गरेको छ । मन्त्रालयले सूचनामा भनेको छ, “आज जुन दुःखद दृश्य स्वास्थ्यकर्मीले दैनिक रुपमा देखिरहेका छन्, त्यो कसैको पनि परिवार आफन्तमा नघटोस् भन्नका लागि हामी बसैले सङ्क्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक छ ।

 


Thali Mobile Pvt.Ltd.