भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग

सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग

जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि स्थानीय तथा सरोकारवालाले अर्थ मन्त्रालयसँग माग गरेका छन् । गत पुस २० गते अर्थ मन्त्रालयले कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने निर्णय गरेपछि कार्यालय स्थापना गर्न बाधा पुगेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । स्थानीयस्तरमा मालपोत र नापी कार्यालय स्थापना आवश्यक भएकाले राजनीतिक दल र जनप्रतिनिधिले यो विषयबारे आवाज उठाउनुपर्ने स्थानीय उमेश बुढा बताउनुहुन्छ ।

हिमा, सिञ्जा र कनकासुन्दरीको केन्द्रसमेत रहेको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाको काम अन्तिम चरणमा पुगेको अध्यक्ष धितालले बताउनुभयो । सिञ्जाको गाउँसभाको निर्णय र मागपत्र सम्बन्धित निकायलाई बुझाइएको छ । मालपोत र नापी कार्यालय जुम्ला तथा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा तत्कालीन साँसद गजेन्द्रबहादुर महतले भूमिसुधार मन्त्रालयमा दिनुभएको निवेदन पेस भइसकेको अध्यक्ष धितालको भनाइ छ । भूमिसुधार मन्त्रालयले जुम्लास्थित सर्वपक्षीय निर्णयको माग गरे अनुसार नै जिल्लामा सर्वदलीय निर्णय गरी पठाएको छ । सोही निर्णयका आधारमा भूमिसुधार मन्त्रालयले अर्थ मन्त्रालयमा पत्र पठाएको थियो ।

अर्थ मन्त्रालयलेभने कार्यालयको अवस्था, वार्षिकबजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने भन्ने निर्णय गरेपछि कार्यालय स्थापनाको काम रोकिएको सिञ्जा गाउँपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.