भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सितोरियो कराते प्रतियोगिताः दिक्तेल डोजो प्रथम

सितोरियो कराते प्रतियोगिताः  दिक्तेल डोजो प्रथम

दिक्तेल । दिक्तेलमा आयोजित १३औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले आयोजना गरेको प्रतियोगितामा १३ स्वर्ण, १० रजत र १३ कास्य पदकसहित दिक्तेल डोजोले प्रथम भएको हो ।

जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा छ स्वर्ण, आठ रजत र १५ कास्यसहित हलेसी डोजो दोस्रो भएको छ । यस्तै तीन स्वर्ण, तीन रतज र १६ कास्य पदकसहित जालपा डोजोले तेस्रो स्थान प्राप्त गरेको सङ्घका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।

कूल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगिताका वितेजालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतिस्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले बेष्ट फाइटरको उपाधि जितेका छन् । अनुशासित टिमको उपाधि हलेसी डोजोले हात पारेका छन् । वर्ष अनुशासित खेलाडी २०७८ को उपाधि भने दिक्तेल डोजोकी श्रेया राईले पाएकी छन् । उनीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी विचारी तामाङ संयोजकत्वको टिमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

कोभिड–१९ को महामारीका कारण एक वर्ष रोकिएको जिल्लास्तरीय प्रतियोगिता यसपल्ट आयोजना गरिएको आयोजकले जनाएको छ । विसं २०७७ चैतमा १२औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगिता आयोजना गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.