भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिका–१ भगवती मावि खनेटा केन्द्रमा सोमबार पुनः मतदान हुने भएको छ ।मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको विषयमा तनाव सिर्जना हुँदा शुक्रबार स्थगित मतदान सोमबार सात बजेदेखि ५ बजेसम्म हुने भएको हो ।

निर्वाचन अधिकृत नारायण सापकोटाले मुख्य निर्वाचन अधिकृत र प्रदेश निर्वाचन कार्यालयबाट मतदान अधिकृतसहितको कर्मचारी, मतपत्रलगायतका आवश्यक सामग्री आज मतदान केन्द्रमा आइपुग्ने जानकारी दिनुभयो । पुनः मतदान हुने भएपछि यसअघि नियुक्त मतदान अधिकृत र अन्य निर्वाचन कर्मचारी पनि हटाइएका थिए ।

त्यस्तै, जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले थप सुरक्षाकर्मी पनि पठाउने तयारी गरेको छ । पूर्वी सुर्खेतमा पर्ने उक्त मतदान केन्द्रमा ८३९ मतदाता छन् । यहाँ मतदान स्थगित हुँदा सिम्ता गाउँपालिकामा मतगणना कार्य पनि सुरु भएको छैन ।

 


Thali Mobile Pvt.Ltd.