भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

सिलिण्डर ग्यास विष्फोट गराउने चार जना थुनामा

सिलिण्डर ग्यास विष्फोट गराउने चार जना थुनामा

काठमाडौं । सिलिण्डर ग्यास विष्फोट गराएको आरोपमा पक्राउ परेका चार जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ।वैशाख ३० गते स्थानीय तह निर्वाचनको क्रममा सिलिण्डर विष्फोटको आरोपमा पक्राउ परेका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो।

गोरखा लखन गाउँपालिका–५ घर भएका काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेको तेमाल गाउँपालिका ९ घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका ६ घर भएर भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोट बस्ने २८ वर्षीय युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका ८ का ३६ वर्षिय भरतकुमार राईलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

पक्राउ गरेपछि प्राप्त प्रमाणका आधारमा उनीहरुलाई अदालतमा उपस्थित गराइएको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता दिनेशराज मैनालीले बताए । भरतकुमार राई विभिन्न हातहतियार खरखजना, बैकिङ कसूर तथा कर्तव्य ज्यान मुद्दामा यसअघिसमेत पक्राउ परेका पाइएको छ । स्थानीय तहको निर्वाचनका दिन काठमाडौं नयाँबानेश्वर–तीनकुने सडकखण्डमा ग्यास विष्फोट गराएको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

 


Thali Mobile Pvt.Ltd.